आयुर्वेद विभागको महानिर्देशकमा डा. प्रदिप केसी र ईडिसिडीमा डा. यदुचन्द्र घिमिरे नियुक्त

684
Shares

काठमाडौँ, २३ जेठ । आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा. प्रदिप केसीलाई र इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरेलाई दिईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै खालि रहेको विभागको महानिर्देशकमा डा. केसीलाई र ईडिसिडीमा डा. घिमिरेलाई नियुक्ति गरेका हुन्।

त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिईएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पता सरुवा गरिएको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *