त्रिवि शिक्षण अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायक राजाराम भण्डारी बिरुद्ध मुद्धा दायर

काठमाडौँ, १३ जेठ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंँका तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारी विरुद्ध मुद्धा दायर भएको छ ।
भण्डारीको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
भण्डारीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा मिति २०५४।०५।१७ बाट ल्याव व्वाई पदमा स्थायी नियुक्त हुन र मिति २०६९।०७।२४ मा वरिष्ठ ल्याव व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई मुद्धा दायर गरेको आयोगले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

