भक्तपुर अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क उपचार

56
Shares

भक्तपुर, ३ जेठ । भक्तपुर अस्पतालले महिलामा पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ ।

भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताइन् ।

उनले भनिन्, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन्भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताइन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *