अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, त्रिवि शिक्षण अस्पतालमा भर्ना

364
Shares

काठमाडौँ, ३ जेठ । पशुपतिको मृगस्थलिमा गत २९ बैशाख देखि अनसन सुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई बुधबार (हिजो) बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

‘ग्लुकोजको मात्रा न्युन छ, किटोन बडी बनेको छ । पिसाव खुलेको छैन, मुटुको चालमा उतारचडाव छ । शरीर अत्यन्त शिथिल देखिएको छ,’ शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने ।

अस्पतालले डा केसीको उपचारका लागि टिम बनाउँदै छ । टिम बनेपछि नियमित स्वास्थ्य अपडेट जारी गरिने समेत निर्देशक डा काफ्लेले जानकारी दिए ।

अस्पताल आए पनि डा केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् ।

‘डा सावले अनसन जारी रहेको भन्नु भएको छ । हामीले रगत जाँच गर्ने र मोनिटरमा हेर्ने काम भएको छ । पिसाव नभएको हुनाले फ्लुड चलाउनु पर्ने हुनसक्छ । नर्मल स्लाइन चलाउन पर्न सक्छ,’ डा काफ्लेले भने ।

डा केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा सहित ४ बुँदे माग अघि सारेर डा केसी गत २९ बैशाख देखि पशुपतिको मृगस्थलिमा २२ औँ अनसन सुरु गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *