शरीर रचना विशेषज्ञहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु

140
Shares

काठमाडौँ, ३ जेठ । शरीर रचना विशेषज्ञहरुको साझा संस्था सोसाइटी अफ नेप्लीज एनाटोमिस्ट्स (सोना)को प्रथम अन्तर्राष्ट्रिय सम्मेलन ‘आइ-सोनाकन -२०२४’ आजबाट धुलिखेलमा सुरु हुँदैछ ।

दुई दिने उक्त सम्मेलन काठमाडौँ विश्विद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा हुन लागको हो ।

विहान ९ बजे देखि सुरु हुने सम्मेलनमा नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजमा कार्यरत एनाटोमिस्टसहरुको सहभागिता हुने बताइएको छ ।

सम्मेलनमा भारत, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया लगायतका देशबाट सहभागी विशेषज्ञहरुको प्रस्तुति रहने बताइएको छ ।

सोसाइटी सन् २०२२ मा गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको अध्यक्ष डा दिल इस्लाम मन्सुरले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *