शरीर रचना विशेषज्ञहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु

140
Shares

काठमाडौँ, ३ जेठ । शरीर रचना विशेषज्ञहरुको साझा संस्था सोसाइटी अफ नेप्लीज एनाटोमिस्ट्स (सोना)को प्रथम अन्तर्राष्ट्रिय सम्मेलन ‘आइ-सोनाकन -२०२४’ आजबाट धुलिखेलमा सुरु हुँदैछ ।

दुई दिने उक्त सम्मेलन काठमाडौँ विश्विद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा हुन लागको हो ।

विहान ९ बजे देखि सुरु हुने सम्मेलनमा नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजमा कार्यरत एनाटोमिस्टसहरुको सहभागिता हुने बताइएको छ ।

सम्मेलनमा भारत, अस्ट्रेलिया, जर्मनी, अस्ट्रिया लगायतका देशबाट सहभागी विशेषज्ञहरुको प्रस्तुति रहने बताइएको छ ।

सोसाइटी सन् २०२२ मा गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको अध्यक्ष डा दिल इस्लाम मन्सुरले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *