सहसचिव मदन कोइरालाको स्वास्थ्य मन्त्रालयमा सरुवा

796
Shares

काठमाडौँ १ जेठ । यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत सहसचिव मदन कोइराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखको मन्त्रिपरिषद बैठकले उनलाई न्याम्सबाट मन्त्रालयमा सरुवा गरेको हो । मन्त्रालयमा हाल रहेका सहसचिव जयबहादुर भण्डारी केही दिनमा अवाकाश पाउँदैछन् ।

न्याम्समा भने मधेश प्रदेश मुख्य मन्त्री कार्यालयका सचिव अर्जुन गौतमलाई पठाइएको छ । उनको पनि सरुवा भएको हो ।

गत २७ बैशाखको बैठकले ६० जना सहसचिवको एकै पटक सरुवा गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य समूहका केही सहसचिवको पनि सरुवा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *