सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड, यस्तो छ नयाँ शुल्क प्रस्ताव

2.6k
Shares

काठमाडौँ, १७ माघ । स्वास्थ्य बीमा बोर्डले झण्डै छ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्न लागेको छ । बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव माग गरेको छ।

बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो।

बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।

समितिका एक जना सदस्य स्वास्थ्य अर्थशास्त्री सुभेच्छा तिवारीले बजार विश्लेषण गरेर आफूहरुले नयाँ शुल्क प्रस्ताव गरिएको बताईन् । उनले प्रस्तावित नयाँ शुल्कमा कुनै औषधिको मूल्य कमी र कुनैमा केही बढी भएको जानकारी दिईन् ।

‘कोही औषधिको मूल्य घटेको छ, कुनैको बढेको छ । मार्केट एनलाइसिस गरेर यो नयाँ मूल्य सूची तयार भएको हो । हामीले तयार पारेको प्रस्ताव बोर्डमा समिट गरेका छौँ । अब बोर्डले आवश्यक निर्णय लिन्छ होला,’ उनले भनिन् ।

यसअघि गत १३ पुसमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनरावलोकन भइरहेको कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

यस्तो छ नयाँ शुल्क प्रस्ताव:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *