हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल एक कदम अगाडी:

‘लक्षित बर्गका लागि १० प्रतिशत शैय्या नि:शुल्क छ तर सेवाग्राही नै भेटिएनन्’

372
Shares

काठमाडौँ, २० बैशाख । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालबाट देशभरका विपन्न तथा असाहाय नागरिकलाई निशुल्क उपचार सेवा उपलव्ध गराउने घोषणा गर्नु भन्दा धेरै अघि देखि नै चावहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका भित्तामा त्यस सम्वन्धी सूचना टाँसिएको छ । तर, त्यस अन्तर्गतको सुविधा लिने गरी एउटा पनि बिरामी आएको छैन् ।

हेल्पिङ ह्याण्ड्सका अस्पताल प्रशासक रविन शर्मा पोखरेल भन्छन्, ‘लक्षित बर्गका लागि प्रदान गरिने निशुल्क उपचार सम्वन्धी जानकारी हामीले आकस्मिक कक्ष देखि हरेक तल्ला र विभागका अगाडी ठूलो बोर्डमा सबैको आँखा पर्ने गरी नै राखेका छौँ तर तोकिएको कागजात सहित सेवा लिन कोही पनि आउनु भएको छैन ।’

शर्माले आफ्नो अस्पताल स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को ७० (घ) र काठमाडौँ महानगरपालिका जनस्वास्य ऐन २०८० को दफा २८ बमोजिम सेवा दिनका लागि पहिले देखि नै तम्तयार भएको स्पष्ट पारे ।

‘कतिपयले लक्षित वर्गका लागि दिनु पर्ने निशुल्क सेवा नदिएको भन्ने आरोप पनि लगाउनु हुन्छ, तर हामीले स्पष्टसंग सेवा उपलव्ध हुन्छ र त्यसका लागि निम्नानुसारको कागजात आवश्यक पर्छ भनेर लेखेर अस्पतालका सबै ठाउँमा टाँसिदिएका छौँ,’ उनले भने । शर्माले सेवा बारेमा कुनै गुनासो भएमा महानगरमा सम्पर्क गर्नु भन्दै त्यहाँको सम्पर्क नम्बर समेत राखिदिएको बताए ।

‘विपन्न तथा असहायका लागि १० प्रतिशत शैय्या निशुल्क दिनु पर्ने हो । हामीकहाँ त अहिले नै पनि २० औँ ३० औँ शैय्या निशुल्क जस्तै गई नै रहेका हुन्छन् । त्यसको हिसाव पनि हुँदैन । बरु यो कार्यान्वयन आयो भने हामीलाई त्यसरी विपन्न तथा वेवारिसेको नाममा छुट दिई रहनु पनि पर्ने थिएन । राज्यको योजनामा लागि देखिने गरी योगदान पनि गर्न पाइन्थ्यो,’ उनले भने ।

हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालले लक्षित वर्गका बिरामीको उपचारका लागि छुट्याएर राखेको निशुल्क शैय्याहरु

मेयर बालेनले काठमाडौँ महानगर भित्रका निजी तथा सामुदायिक गरी ४३ वटा अस्पतालका ३२३ बेड विपन्न, असहाय तथा वेवारिसे बिरामीको लागि छुट्याइएको भन्दै सेवा लिन देशभरका पालिकामा रहने विपन्न तथा असहाय नागरिकका लागि अपिल गरेका थिए । उनले सेवा लिनका लागि केही कागजात चाहिने बताएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *