गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौँ, ८ बैशाख । डा. गोविन्द केसीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तीन साता भित्र कार्यान्वयन गर्न सरकारलाई समय सिमा दिएका छन् ।

उनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन उक्त समय सिमा तोकेका हुन् ।

डा केसीले आज माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै सोही अवधीमा गेटामा प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न र उच्च शिक्षा र प्रतिष्ठान सम्वन्धी ऐन तुरुन्त पारित गर्न समेत भनेका छन् ।

माइतीघरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग पुरा नभए अनसन सुरु गर्ने चेतावनी दिएका छन ।

पूर्ववत शैलीमै सरकार र सरकारको नेतृत्व गरेका दल तथा तिनका प्रमुखमाथि चर्को आलोचना गरेका डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले तुरुन्त राजिनामा दिनु पर्ने माग गरेका छन् ।

यस्तै केपी ओली, शेरबहादुर देउवा तथा माधव कुमार नेपाललाई पार्टीको नेतृत्व दोस्रो तहमा हस्तान्तरण गर्न भनेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *