स्वास्थ्यले भन्यो, ‘स्वास्थ्यमा नियुक्त भएकाहरु बाहिर गई पूर्णकालिन काम गर्न पाईदैन’

756
Shares

काठमाडौँ, ६ बैशाख । स्वास्थ्य मन्त्रालयले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बाहिरका संस्थाहरुमा काम गर्न नपाइने बताएको छ ।

उसले कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले विदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत रहेको भन्ने गुनासो आएको भन्दै यसो गरेको भए नगर्न सचेत गराएको छ ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपिलमा यसरी विदा स्वीकृत गरेर वा नगरेर पूर्णकालिन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकुल हुने भन्दै यसबाट पर्न जाने असर प्रति सम्वन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिईएको छ ।

हेर्नुहोस अपिल

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *