मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा अंकुर साह नियुक्त

काठमाडौँ, १ चैत । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पदमा प्राडा. अंकुर साह नियुक्त भएका छन् । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्राडा साहलाई प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहिबार उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा साहले पछिल्लो समय प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भएपछि उनले निमित्तको उपकुलपतिको जिम्मेवारी सम्हालेका हुन् ।

मधेश प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि गत १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा ९ जनाको दरखास्त परेको थियो । ९ जनामा डा साहसंगै डा. रमेशप्रसाद सिंह (सर्लाही), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए । तर, लामो समयदेखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन ।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो ।

  • यो पनि पढ्नुहोस्…………………..

प्रतिष्ठानले एमडी/एमएस सुरु गर्दा मधेशको बेग्लै उचाईं हुन्छ : प्राडा. अंकुर साह – शिक्षाध्यक्ष, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *