स्वास्थ्य बीमामा दर्ता तथा नबीकरण भएकाहरुले अब दुई महिना पछि नै सेवा पाउने (निर्णय सहित)

थप मेडिकल कलेज तथा शिक्षण अस्पतालहरु स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गरिने

काठमाडौँ, २७ २८ फागुन । अहिलेसम्म स्वास्थ्य बीमा बोर्डमा दर्ता तथा नबीकरण भएका बीमितले सेवा सुविधा तीन महिना पछि मात्रै लिन मिल्ने व्यवस्था थियो । तर अब भने त्यो सेवा दुई महिना पछि नै उपलव्ध हुनेछ ।

स्वास्थ्य बीमा बोर्डको गत २४ फागुनमा बसेको बैठकले स्वास्थ्य बीमा नियमावली २०७५ लाई संसोधन गर्दै बिमितको सेवा सुविधा लागू हुने समय तीन महिनाबाट घटाएर दुई महिनामा झार्ने निर्णय गरेको छ ।

‘यसअघि १ भदौ, १ मंसिर, १ फागुन र १ जेष्ठमा सेवा सुविधा क्रियाशिल हुन्थ्यो । तर अब भने १ बैशाख, १ असार, १ भदौ, १ कात्तिक र १ फागुन गरी हरेक दुई दुई महिनाको अन्तरमा सेवा सुविधा क्रियाशिल हुन्छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रभावकारी आवद्धताको लागि तीन महिनाको समय चक्रलाई घटाएर दुई महिना बनाइएको हो,’ बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भने ।

झण्डै दुई महिना पछि बसेको बोर्डको बैठकले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार अरु विभिन्न निर्णय गरेको छ ।

हेर्नुहोस् गत २४ फागुनमा बसेको बोर्ड बैठकको निर्णयहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *