मन्त्रिपरिषद् बिस्तार :

यस्तो बन्यो २० सदस्यीय नयाँ मन्त्रिमण्डल, कुन दलबाट को मन्त्री ?

काठमाडौँ, २३ फागुन । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् ।

गत सोमबार नियुक्त भएका तीन जना मन्त्रीको जिम्मेवारी तोक्दै दाहालले नयाँ गठबन्धनमा आएका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका र नेकपा एकीकृत समावादी गरी अरु १६ मन्त्रीको नियुक्त गरेका हुन् ।

नव नियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलसंग शपथ लिएका छन् । यो संगै दाहाल नेतृत्वमा २० सदस्यीय मन्त्रीपरिषद गठन भएको छ ।

यसअघि नयाँ सत्ता समीकरणमा रहेको जनता समाजबादी दल भने आज सरकारमा सहभागी भएन । जसपा सरकारमा नआएकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि नियुक्त भएको छैन । अब स्वास्थ्य मन्त्रालय जसपाले नै लिने करीव करीब निश्चित भएको छ ।

कुन दलबाट को मन्त्री ?

नेकपा एमालेबाट 

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवती चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्रबाट 

९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

१०) वर्षमान पुन, अर्थ

११) शक्ति बस्नेत, उर्जा

१२) रेखा शर्मा, सञ्चार

१३) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट 

१४) रवि लामिछाने, उपप्रधान तथा गृह

१५) डिपी अर्याल, श्रम

१६) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

१७) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट 

१८) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

१९) धनबहादुर बुढा, शहरी विकास

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *