उच्चरक्तचाप, मधुमेह तथा मोटोपनाको समस्या भएकाहरुले कस्तो जीवनशैली अपनाउने ? डा. रेग्मीका ३५ सल्लाह
हाम्रो खानपान र जीवनशैलीमा आउने सुधारबाट पनि नसर्ने रोगको धेरै जोखिम घट्न सक्छ । समस्या भइसकेको छ भने पनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले यसै सन्दर्भमा केही सल्लाह दिएका छन् ।
उच्च रक्तचाप, मधुमेह, मोटोपना र युरिक एसिड बढेकाहरुले के कस्ता कुरामा ध्यान दिने भनेर उनले दिएको सल्लाह हामी सबैका लागि मनन् योग्य छन् ।
उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :
१. नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
२. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि ।
३. मोटोपना घटाउने ।
४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।
मधुमेह (चिनीरोग) भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु
१. चिनी र चिनीबाट बनेका परिकार नखाने ।
२. धूमपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट, खैनी, बिडी आदि सेवन नगर्ने ।
३. नून र चिल्ला कम खाने ।
४. खानासंगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
५. गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
६. शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
७. योगासन, ध्यान, प्राणायाम गर्ने ।
८. लामो समय सम्म भोकै नबस्ने ।
मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु
१. चिनी र चिनीबाट बनेका परिकार नखाने ।
२. घ्यू, बटर, बोसो नखाने ।
३. चिल्लोमा फ्राइ गरेको खाना नखाने ।
४. खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।
५. खाना खानु भन्दा अगाडी १ कटौरा हरियो सलाद खाने ।
६. बेलुकीको खानामा २ पिस रोटी, दाल १ कटौरा, हरियो सागसब्जी र सलाद खाने ।
७. शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने, खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।
८. प्रशस्त मात्रामा पानी पिउने । भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)
९. धूमपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जस्तैः रक्सी, चूरोट, खैनी, पान, सूर्ती, बिडी आदि ।
१०. योग-ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।
११. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
१२. बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने ।
यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु
१. रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि ।
२. मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि ।
३. प्रशस्त मात्रामा पानी पिउने ।
४. दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
५. योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि ।
६. दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने ।
७. जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि ।
सम्पर्क इमेल : [email protected]