भजन शिरोमणी भक्तराज आचार्यको निधन

काठमाडौं । भजन शिरोमणीको उपाधी पाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

सोमबार अचानक स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगितकार समेत रहेका उनका छिमेकी हरि लम्सालले बताए ।

संगीतकार लम्सालले ८२ बर्षीय आचार्यको सोमबार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएको बताए । उनले भने, ‘अक्सिजन लेभल एक्कासी घटेपछि स्वरुप दाई र म भएर अस्पताल तर्फ दौडायौँ तर पुर्‍याउन सकिएन ।’

आचार्य गत दशैमा लडेर टाउकोमा चोट लागेको थियो । २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन्।

आचार्यको पार्थिव शरीरलाई आज अस्पताल र मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *