मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा ५७ प्रतिशत पास

60
Shares

काठमाडौँ, १९ माघ ।  नेपाल मेडिकल काउन्सिलले गत १६ देखि १९ माघसम्म लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार यसपटकको परीक्षामा ५६.६८ प्रतिशत पास भएका छन् ।

परीक्षामा एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना (५५.९६ प्रतिशत) पास भएका हुन् । परीक्षा दिएर पनि एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् ।

परीक्षमा ४ जनाको नतिजा रोकिएको छ ।

यसैगरी बीडीएस तर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जना (६१.०५ प्रतिशत) पास भएका छन् । बीडीएस तर्फको लाइसेन्स परीक्षामा सहभागी भएका १११ जना भने फेल भएका छन् । परीक्षामा फारम भरेर पनि ६ जना भने अनुपस्थित रहेको काउन्सिलले जनाएको छ ।
कम्प्युटर विधिबाट लिइएको यो परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानको परीक्षा हलमा लिइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *