पीजीका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन

84
Shares


काठमाडौंँ, २४ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित पोष्ट ग्रेजुएट तह रेसिडेन्स दोस्रो बर्षका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन्।

मन्त्री राईले काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई आज पत्र पठाउँदै निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन्।

‘काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले डा. दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३ क उपदफा (३) वमोजिम निर्देशन दिएको छु,’ पत्रमा भनिएको छ ।

कलेजका प्राचार्य प्राडा रतिन्द्रनाथ श्रेष्ठले काठमाडौँको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यहाँ सहभागी नभएको र बुधबार विभागीय प्रमुखसंगको बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको आरोप लगाएका थिए ।

डा. दाहालले रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको भन्दै कलेजले गत १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनासम्मका लागि निलम्बन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *