स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश

3.0k
Shares

काठमाडौँ, ६ पुस । सर्बोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत २६ कात्तिकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विभिन्न आरोप लगाउँदै तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

सो विरुद्ध डा बसौला १७ कात्तिकमा सर्बोच्च गएका थिए ।

शुक्रबार न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले  कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पछिल्लो समय स्वास्थ्य मन्त्री बस्नेतले गरेका प्राय सबै निर्णयहरु सर्बोच्चले उल्ट्याइदिएको छ ।

यसले मन्त्री बस्नेतका धेरै निर्णयहरु पक्षपातपूर्ण र हचुवाका भरमा कानूनविपरित भएका छन् भन्नेहरुहरुको अभिव्यक्तिमा बल पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *