डा. सन्तोष पौडेललाई वीरको निर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

980
Shares

काठमाडौँ, ३ पुस । वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १५ मा वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा पौडेललाई पदबाट हटाउने निर्णय गरेका थिए ।  मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

निर्देशकबाट हटाइएका डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *