काठमाडौँ महानगर भित्रका फार्मेसी पसल सुधार्न व्यवसायीलाई १० दिनको समय सिमा

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालनमा आएका औषधि पसल (फार्मेसी) सुधारका लागि सञ्चालक हरुलाई १० दिनको समय सिमा तोकिदिएको छ ।

फार्मेसीहरु नियम अनुसार नचलेको, गुड फार्मेसी प्राक्टिस नभएको भन्दै महानगरले आगामी २९ मंसिर भित्र ती कार्यहरुमा सुधार नगरे कार्वाही गर्ने चेतनावीन दिएको छ ।

महानगरको स्वास्थ्य विभागले मंगलबार जारी गरेको सूचनामा अनाधिकृत व्यक्तिहरुबाट औषधि विक्री वितरण भएको, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि पनि विक्री भइरहेको, चिकित्सकको प्रेस्किप्सन विना औषधि बिक्रि भइरहेको, नार्कोटिक औषधिहरुको प्रचलित ऐन अनुसार कानून अनुसार विक्री बितरण नगरिएको र उक्त औषधिको आवश्यक अभिलेख समेत नराख्ने गएिको आरोप लगाएको छ ।

यस्तै गुड फार्मेसी प्राक्टिस अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, महानगरमा दर्ता इजाजत नलिएको भन्ने गुनासा आएको र अनुगमन गर्दा समेत ती गुनासाहरु पुष्टि भएको भन्दै सुधार्नका लागि १० दिनको समय सिमा दिइएको उल्लेख छ ।

महानगरले तोकिएको अवधी भित्र सुधार नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ तथा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार अनुगमन गर्ने र दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कार्वाही गर्ने बताएको छ ।

महानगरपालिका मेयर बालेन्द्र शाहले आफूहरु महानगरबासीको स्वास्थ्यका लागि निकै नै सम्वेदनशील भएको भन्दै गुणस्तरीय स्वास्थय सेवा उपलव्ध गराउन काम गरिरहेको बताए ।

उनले अनुगमनका क्रममा आम मानिसको जनस्वास्थ्यमा लापरवाही भएको पाइएपछि महानगरले पछिल्लो कदम चालेको उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *