स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. मुक्तिराम र जुनुको मनोनयन

काठमाडौँ, १५ मंसिर । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्ड सदस्यमा दुई जनालाई मनोनयन गरेका छन् । मन्त्री बस्नेतले गत ८ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै डा मुक्तिराम श्रेष्ठ र डा जुनु श्रेष्ठलाई सदस्य पदमा मनोनयन गरेका हुन् । मनोनित सदस्यहरुको पदावधी चार वर्षको हुनेछ ।

‘स्वास्थ्य मन्त्री ज्यूबाट बोर्डमा मनोनयन गर्नु पर्ने रिक्त पाँच जना मध्ये दुई जनाको गत ८ मंसिरमै मनोनयन भएको छ,’ बोर्डका कार्यकारी निर्देशक डा मदन उपाध्यायले अगाडी थपे, ‘अब रिक्त बाँकी तीन सदस्य बाँकी रहेको छ ।’

नियुक्ती पाएका डा श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष हुन् । अर्की सदस्य श्रेष्ठसंग हेल्थ फाइनान्सिङ र आँखा क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

सरकारले गत बुधबार मात्रै स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *