गम्भीर कानूनी चुनौतीको सामना गर्दै कोभिडविरुद्धको खोप ‘एस्ट्राजेनेका’

बीबीसी । एस्ट्राजेनेकाले यूकेमा उसको कोभिड खोपविरुद्ध कानुनी चुनौतीको सामना गरिरहेको छ। सन् २०२१ एप्रिलमा उक्त खोप लगाएपछि मस्तिष्कमा गम्भीर चोट लागेका एक व्यक्तिले उक्त कम्पनीविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी गरेका हुन्।

दुई जना छोराछोरीका पिता जेमी स्कटले एस्ट्राजेनेकाको खोप लगाएपछि उनको मस्तिष्कमा रगत जमेको थियो। त्यसले गर्दा उनको मस्तिष्कमा क्षति पुग्यो र उनी काम गर्न नसक्ने भए।

उक्त खोप त्यो मानिसहरूले अपेक्षा गरेभन्दा कम सुरक्षित थियो भन्दै उपभोक्ता संरक्षण ऐन अन्तर्गत अघि बढाइएको कारबाहीमा त्यसलाई ‘दोषपूर्ण’ भएको आरोप लगाइएको छ।

अध्ययनहरूले देखाएअनुसार कोभिड खोपले लाखौँको ज्यान जोगाएको छ।

सन् २०२२ जुनमा विश्व स्वास्थ्य सङ्गठनले आस्ट्राजेनेका खोप ‘१८ वर्ष भएका र त्यसभन्दा माथिका व्यक्तिका लागि सुरक्षित र प्रभावकारी’ रहेको बताएको थियो।

कडा मापदण्ड

कानुनी कारबाहीका लागि अदालतको पूर्ण सुनुवाइ सकिन कम्तीमा एक वर्ष लाग्नेछ।

एस्ट्राजेनेका खोपले आफूहरूलाई बिरामी बनाएको दाबी गर्ने करिब ८० जना व्यक्तिहरूको मुद्दा पनि यस वर्षको अन्त्यमा सुरु हुने भएको बताइएको छ। तर स्कटको मुद्दाको सुनुवाइ पहिले हुने अपेक्षा गरिएको छ।

एस्ट्राजेनेकाले भनेको छ, ‘बिरामीको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र नियामक निकायहरूले खोपसहित सबै औषधिको सुरक्षित प्रयोग सुनिश्चित गर्न स्पष्ट र कडा मापदण्डहरू तोकेका छन्।”

‘हाम्रो सहानुभूति जो कोहीलाई पनि जान्छ जसले प्रियजन गुमाएका छन् वा स्वास्थ्य समस्याहरू आएको जानकारी दिएका छन्।”

‘क्लिनिकल परीक्षण र विश्वव्यापी वास्तविक डेटाका प्रमाणहरूले कोभिडविरुद्धको खोप निरन्तररूपमा स्वीकार्य हुनेगरी सुरक्षित भएको देखाएका छन् र विश्वभरिका नियामकहरूले निरन्तर भनिरहेका छन् – खोपका फाइदाहरू र साइड इफेक्टहरू अत्यन्त दुर्लभ खालका जोखिमभन्दा बढी छन्।’

पूर्ण रूपमा अपर्याप्त

यूकेमा धेरै दाबीकर्ताहरूले सरकारको खोपले पुर्‍याएको क्षतिसम्बन्धी भुक्तानी योजना (भीडीपीएस) अन्तर्गत एक पटकका लागि १ लाख २० हजार पाउन्ड बराबरको कर नलाग्ने खालको भुक्तानी प्राप्त गरेका छन्।

उक्त योजना अन्तर्गत खोपका कारण बिरामी भएकाहरूलाई वा मृत्यु भएकाका नजिकका आफन्तलाई रकम प्रदान गरिन्छ।

डेली टेलिग्राफले गरेको एउटा रिपोर्टिङ अनुसार सूचनाको हक अन्तर्गत प्राप्त भएको आधिकारिक तथ्याङ्कले १४८ भीडीपीएस भुक्तानीमध्ये कम्तीमा १४४ वटा आस्ट्राजेनेका खोप लगाएकाहरूलाई दिइएको छ।

त्यस्तो भुक्तानीका लागि दाबी गर्नेहरूले खोपका कारण कम्तीमा ६० प्रतिशत गम्भीर अपाङ्गता भएको देखाउनुपर्छ।

तर पीडित परिवारका सदस्यहरू क्षतिपूर्तिको रकम पूर्ण रूपमा अपर्याप्त भएको र सन् २००७ पछिको मुद्रास्फीति अनुसार समायोजन नगरिएको बताएका छन्।

सन् २०२१ को एप्रिल ७ मा यूकेको खोपसम्बन्धी संयुक्त समितिले ३० वर्ष मुनिका वयस्कहरूलाई आस्ट्राजेनेका खोपको विकल्प प्रस्ताव गर्न सल्लाह दिएको थियो।

उसले ‘थोरै मात्रामा अत्यन्तै दुर्लभखाले रगत जमेका विवरणहरू आएपछि’ त्यस्तो निर्णय गरेको थियो। त्यसलाई संसोधन गरेर सन् २०२१ मे ७ मा ४० वर्ष मुनिका वयस्कहरूलाई लागु गर्न परिमार्जन गरियो।

स्कटले सन् २०२१ को एप्रिल २३ मा आस्ट्राजेनेका खोप लगाएका थिए र उनी त्यसबेला ४४ वर्षका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *