मस्तिष्क मृत्युपछिको अङ्गदान अभियानले किन गति लिएन ? प्रत्यारोपण केन्द्रले गर्‍यो अस्पताल प्रमुखहरुसंग अन्तरक्रिया

काठमाडौँ, १५ असोज । नेपालमा मस्तिष्क मृत्यु पश्चात अङ्गदान गर्न थालेको साँढे छ वर्ष पुग्न आट्यो तर यसले अपेक्षाकृत गति लिन सकेको छैन । पहिलो पटक २८ बैशाख २०७४ मा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा सफल प्रत्यारोपण भएको थियो ।

त्यसयता अहिलेसम्म केन्द्रमा मस्तिष्क मृत्यु भएका पाँच जना व्यक्तिबाट झिकिएको मिर्गौला १० जनामा र कलेजो तीन जनामा प्रत्यारोपण भएको छ ।

नेपाल प्रहरीको तथ्यांङ्क अनुसार नेपालमा बार्षिक ३ हजार बढीको सड्क दुर्घटनामा मृत्यु हुन्छ र सोही अवधीमा करीब १ हजार बढीको मस्तिष्कमृत्यु भएर ज्यान जाने गरेको छ ।

अस्पतालमा यति ठूलोसंख्या मस्तिष्क मृत्यु हुने गरे तर अङ्ग दान गर्ने र गराउन चाहनेको संख्या निकै नै कम भएपछि प्रत्यारोपण केन्द्रले उपत्यकाका सरकारी तथा निजी अस्पतालका प्रमुखहरुलाई बोलाएर मस्तिष्क मृत्युपछि अङ्गदान र प्रत्यारोपण सम्वन्धी अन्तरक्रिया आयोजना गरेको थियो ।

सो अवसरमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदान सम्वन्धी अभियानबारे जानकारी दिदै अभियानलाई सफल बनाउन सबै अस्पतालको सहयोग हुनुपर्ने बताए ।

उनले अस्पतालका प्रमुखहरुसंग मस्तिष्क मृत्युपछिको अङ्गदान अभियानलाई सफल बनाउन सहयोग आवश्यक रहेको समेत बताए ।

‘प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजारको हाराहारीमा मृत्यु हुने र त्यस मध्ये करीब एक हजार जानको मस्तिष्क मृत्यु हुने गरेको छ, ‘ब्रेन डेथ’ दाताको अंगहरु सही सदुपयोग गर्न सके मात्रै पनि नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्छ,’ उनले भने ।

त्यसपछि विभिन्न अस्पतलाका प्रमुख तथा प्रतिनिधिले अभियानमा आफूहरुको सहयोग हुने बताए । उनीहरुले यसका लागि अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । उनीहरुले यस्तो अभियानमा धार्मिक गुरुहरुलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए । यस्तै बेलायलको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्यु पश्चात हुने अंगदानका सम्बन्धमा बताएका थिए ।

उक्त कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा जगदीशलाल बैद्य, शहिद गंगालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रि. वि. शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले सहभागी भएका थिए ।

यस्तै काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका सि इ ओ डा अजय मिश्र, मध्यपुर अस्पतलाका निर्देशक डा. रविना प्रधानाङ्ग, चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा दिपेन्द्र कुमार रुशा, ब्लु क्रश अस्पलका नर्सिङ्ग प्रमुख अञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभाकार शाक्य, कान्ता भट्ट तथा नविना श्रेष्ठ लागयतकोे सहभागीता रहेको थियो ।

सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई मस्तिष्क मृत्युबाट हुने अङ ्गदान र प्रत्याारोपणको लागि समन्वय इकाई तोकिएको छ । कुनै अस्पतालमा मस्तिष्क मृत्यु भएमा उक्त इकाइलाई जानकारी गराउन पर्ने प्राबधान रहेको छ । तर धेरै अस्पतालहरुले सो व्यवस्थालाई कार्यान्वयनमा ल्याएका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *