घुँडा दुखाईमा फिजियोथेरापीको महत्व

शरीरमा हुने दुखाई /अफ्ट्याराहरु मध्ये हिजो आज सबैभन्दा बढी वा साझा रुपमा देखिने भनेको घुँडा दुखाईको समस्या हो ।  स्पार्क हेल्थ होम अस्पताल कालिमाटीमा दैनिक रुपमा आउने झण्डै १५० जनामध्ये २० देखि ३० प्रतिशत घुँडा दुखाईको समस्या लिएर आउनु हुन्छ ।

पहिले पहिले यस्तो समस्या ४५/५० वर्ष उमेर कटेकाहरुलाई देखिन्छ भनिन्थ्यो । तर हिजो आज यस्तो समस्या २०/२५ वर्ष उमेर समूहका युवाहरुमा पनि देखिन थालेको छ । यो हामी सबैका लागि विडम्बना हो ।

घुँडामा समस्या कसरी ?

घुँडामा हुने समस्यालाई हामीले हड्डी खिईएर हुने समस्याको रुपमा पनि बुझ्न सक्छौँ । पहिला हामीले अध्ययन गर्दा चाँही हड्डी खिईने, हड्डी भित्रको चिप्लो पदार्थ (र्‍याल) सुक्ने र त्यहाँको मांसपेशीहरु कमजोर हुने समस्या हुन्छ भन्ने गरिन्थ्यो ।

४५/५० वर्ष उमेर कटेपछि यस्तो समस्या हुन्छ भनिने गरिन्थ्यो । तर स्पार्कमा काम गरेको मेरो आफ्नै १५ वर्षको अनुभवले घुँडा मा देखिने समस्या अब कमन भइसकेको छ । अहिले २५ /३० वर्षका युवाहरुमा हड्डी खिईन थालेको छ ।

घुँडा को भित्रि भागको चिप्लो पदार्थ (र्‍याल) सुक्दै गएको छ । चिप्लो पदार्थ कम भएर विरामीको घुँडा खुम्च्याउन नसकेको अवस्था छ । खुम्चिएकाहरुको सिधा गर्न नसक्ने अवस्था पनि आएको छ ।

यसो हुनुको मुख्य कारण व्यक्तिले ‘लाइफ स्टाइल मेन्टेन’ नगरेर हो । विभिन्न कारण अथवा परिवेशले हाम्रो जीवनशैली अस्वस्थकर बनेको छ । आहार विहार र व्यवहार अस्वस्थकर छ ।

हामी जव घुँडा खुम्च्याएर बसेका छौ भने घण्टौ त्यहि ‘पोजिसन’मा बस्ने गर्दछौँ । बजार क्षेत्रमा अग्ला अग्ला घरमा बस्छौँ, माथिल्लो तलामा भान्सा, भुई चलनामा बेड रुम राख्छौँ । अनि दिनमा दशौँ पटक तलमाथि गर्दछौँ । उभिदा पनि घण्टौँ र बस्दा पनि घण्टौँ एकै ‘पोजिसन’मा बस्दछौँ । प्राकृतिक खानेकुरा भन्दा जंकफुडमा बल गर्दछौँ । प्याकेटको खाना जुसहरु खाने गर्दछौँ । गुलिया पेय पदार्थमा जोड गर्दछौँ । यस्ता खानेकुराले हाम्रो शरीरमा रहेको क्याल्सियम हराएर जान्छ । घण्टौ घुँडा खुम्च्याएर बस्नु भयो भने त्यसको अवस्था के हुन्छ ? त्यहाँको मांसपेशीहरु तन्केर त्यहाँ भित्रको लुब्रिकेसनहरु (चिप्लो पदार्थ)हरु सुक्दै जान्छ । अनि समस्या देखिन थाल्छ ।

घुँडामा हुने समस्या

घुँडामा धेरै खालका रोगहरुले समस्या पारिरहेका हुन्छन् । त्यसमा अहिले साझा रुपमा देखिने भनेको ‘अस्टियोअर्थराइटिस’ हो । यसलाई बुझिने भाषामा भन्दा घुँडा को जोर्नी भित्रको र्‍याल सुकेर वा हड्डी खिएर आउने अवस्था हो ।

घुँडा दुख्यो भने हड्डी खिईयो भन्ने चलन छ । हड्डी खिइएर भित्रको अवस्था के हुन्छ भन्ने धेरैलाई थाहा हुँदैन । खासमा के हो भने, हड्डी खिइएर भित्र भएको लुब्रिकेन्ट्स (र्‍याल) कम हुँदै जान्छ । यसो हुँदा जोर्नीको तलको र माथिको हड्डी रगडिन्छ । र भित्रको कार्टिलेज तथा मांसपेशी, लिगामेन्टहरु कमजोर हुँदै ड्यामेजको अवस्थामा पुग्छ । त्यसपछि व्यक्तिलाई हिड्न गाह्रो हुने तलमाथि गर्न गाह्रो हुने कुदाकुद गर्न गाह्रो हुने हुन्छ ।

यस्तै घुँडा खुम्च्याएर बस्न नसक्ने । अहिले पनि गाउँघरमा भुई शौचालय (प्यानवाला) मा बस्नुपर्ने अवस्था छ तर यस्तो समस्या भएका व्यक्तिर्ला भुई ट्वाइलेट बस्न नसक्ने अवस्था छ । घुँडा सिधा गरेमा पनि समस्या खुम्च्याउँदा पनि समस्या हुन्छ । सिधा गर्दा खुच्याउँदा कर कर कर गरेर आवाज आउँछ । त्यो विस्तारै चिप्लोपन घट्दै जान्छ र एउटा यस्तो अवस्था आउँछ कि पुरै समस्या भएर जान्छ । चिप्लोपन घट्यो भने बजारमा किनेर हाल्न पाईदैन ।

हडिड खिइएर भित्रको चिप्लोपन कम भयो भने त्यहाँ वरपरको मांसपेशी कमजोर हुन्छ । त्यसपछि लिगामेन्ट कमजोर हुन्छ । त्यसले जोर्नीलाई सर्पोट गर्न सक्दैन ८० देखि ९० प्रतिशत समस्या यहि हो ।

फिजियो थेरापीको महत्व कहाँ निर ?
घुँडा मा समस्या भएको हामीले थाहा पायौँ भने यसमा अब आवश्यकता भनेको फिजियोथेरापी हो । फिजियोथेरापी हामीले दुई तहबाट गर्दछौँ । एउटा घुँडा मा समस्या आइसकेपछि अर्को घुँडा को समस्या आउनु अघि । दुबै तहमा फिजियोथेरापी उत्तिकै आवश्यकता पर्दछ । किनभने घुँडा खिईसक्यो वा चिप्लोपन गैसक्यो भनेपछि औषधिले काम गर्दैन ।

घुँडा भित्रको चिप्लोपन सकिदैछ भनेर कसरी थाहा पाउने ?


मैले माथि पनि उल्लेख गरेको छु , स्पार्कमा दैनिक रुपमा आउने १५० बिरामीहरु मध्ये २० देखि ३० प्रतिशत बिरामी घुँडा खिइएकोहरु नै आउनु हुन्छ ।

त्यसैले म के भन्छु भने, कुनै ठोस कारण विना नै तपाईँको घुँडा दुख्न थाल्यो, चाहे २० वर्ष, २५, ३० वा ४० वर्षको उमेरमा भने पनि तपाईँ सचेत हुनुहोस् । किनभने घुँडा दुख्नुपर्ने कुनै देखिने कारण छैन, जस्तै लडेको छैन, ठोक्किएको छैन, चोटपटक छैन र पनि दुख्छ भने सिधै के बुझ्नुहोस भने हजुरको घुँडा भित्रको चिप्लोपना कम हुँदै गयो । एक पटक फिजियोथेरापीसंग गएर देखाउनु ।

फिजियोथेरापीले कसरी समाधान गर्न सक्छ ?
फिजियोथेरापी मेडिकल साइन्सको एउटा यस्तो विधा हो जसमा नघोची र नकाटी तथा औषधिको प्रयोग विना असहज बनेको जीवन शैली सहज बन्छ । व्यायम, खानपान आहारविहार व्यवहारबाट जीवन शैलीमा सुधार आउँछ ।

फिजियोथेरापीमा पनि गाइडलाइन हुन्छ । हामी सबैभन्दा पहिले विरामीलाई निश्चित गाइडलाइन दिन्छौँ र काउन्सिलिङ गर्दछौँ । जुन तपाईँको लाइफस्टाइललाई सहज बनाउने तरिकासंग जोडिएको हुन्छ । किनभने लाइफस्टाइल मेन्टेन भयो भने ५० प्रतिशत समस्या यत्तिकै निको भएर जान्छ । बाँकी ५० प्रतिशत हामीले फिजियो थेरापीको माधयमबाट ठिक पार्दछौँ ।

फिजियोथेरापिष्टले सिकाउने व्यायम घरमै आफै गरेर पनि लाभ लिन सकिन्छ, तर कसरी गर्ने ?
हामीले दिनभरीमा तीनवटा काम गर्दछौँ । हिड्ने, उभिने र बस्ने । मेरो सल्लाह के छ भने यो तीनवटै कामलाई हरेक आधा घण्टामा परिवर्तन गर्नुृहोस, पोजिसनलाई परिवर्तन गर्नुहोस ।

हजुर आधा घण्टा बस्नु भएको छ भने ५ मिनेट उभिनुस् । २ मिनेट हिडनुस र फेरी बस्नुहोस ।

आफ्नो दैनिक क्रियाकलाप त्यसरी लागू गर्नुहोस् । दोस्रो कुरा तपाईले दैनिक रुपमा गर्ने गतिविधि सिधै घुँडा संग सम्वन्धीत छ र त्यसको असर पनि देखिएको छ भने, त्यसलाई कम गनुृहोस । अर्थात दैनिक १० पटक भर्याङबाट तलमाथि गर्ने गर्नु हुन्छ भने त्यसलाई घटाएर ५ मा झार्नुहोस् ।

हाम्रो बानी के छ भने शरीर मेन्टेन गर्नका लागि भन्दै दुई घण्टा उकालो ओरालो गर्दछौँ । स्वयंम्भूको सिडी चड्न जाँन्छौँ तर त्यहाँ सिडि चडेको मानिस दुई महिना पछि मलाई देखाउन आउँछ ।

सबैभन्दा अर्को महत्वपूर्ण कुरा भनेको खाना पान हो । खानपानमा विशेष गरी जंकफुड सुगरी आइटमहरु हेर्दै नहेर्नु । चिनीले हाम्रो शरीरको हड्डी कमजोर बनाउछ । त्यसैले गुलियो पदार्थ नखाने । गुलियो के के मा हुन्छ ? जस्तै मिठाई, कोल्ड ड्रिक्स, प्याकेट जुसहरु भयो । जंकफुडहरु नखाने । आदि ।

मैदाको परिकार नखानुस । मैदा फेविकोल जस्तै हो भनेर ठान्नुहोस् । हुन पनि पेटमा गएपछि फेविकोलजस्तै टाँसिएर बसिदिन्छ । यसले शरीरमा अरु नकारात्मक असरहरु ल्याउँछ । भनेपछि खानपानले पनि हजुरलाई प्रत्यक्ष परोक्ष घुँडा को समस्या ल्याउछ । चिप्लोपन घटाउन मद्धत गर्दछ ।

अब धेरै नै खिइसकेको छ, गाह्रो भएको अवस्था हो । चिप्लो पदार्थ धेरै नै सुकिसकेको छ भने हामीले विशेष कोर्ष बनाएका छौँ । दश देखि २० दिन वा एक महिनाको प्याकेज हुन्छ । त्यसमा हामीले फिजियोथेरापीको विभिन्न आइटमहरु सिकाउँछौँ । एक्ससाइज पद्धतीबाट हुन्छ कि ? म्यानुअल थेरापीबाट हुन्छ कि ? अक्कु पन्चर थेरापीबाट हुन्छ कि ? मसाज थेरापीबाट हुन्छ कि ? सारा विधिहरु प्याकेजको रुपमा हामीले उपलव्ध गराउँछौँ । त्यसले हजुरलाई सहज बनाउँछ ।

फिजियो थेरापी कति समय गर्ने ?
खासमा फिजियो थेरापी समस्या अनुसार फरक फरक अवधीका हुन्छन् । सामान्य अवस्थामा छिटो सुधार हुन्छ तर छिप्पिएको अवस्था हो भने थेरापीले पनि समय लिन्छ नै । कतिले दुई सहन नसकेर सुई लगाएर पनि आउँछन् । कतिपय तत्काल ठिक हुन पर्छ भनेर पनि आउँछन् । म यस्तो केशमा के भन्छु भने फिजियो थेरापीको समय यति भनेर हुँदैन । केस अनुसार फरक फरक हुन्छ । तपाईँले गर्ने ‘लाइफस्टाइल’ सुधारमा पनि निर्भर रहन्छ ।

तपाईँ ‘लाइफस्टाइल’ राम्रो गर्नु भएको छ भने चाडो काम हुन्छ । जीवनशैली व्यवस्थि तगर्न सक्नु भएको छैन् भने फिजियोले छिटो निको नपार्न पनि सक्छ । अर्को कुरा कति पुरानो समस्या हो त्यसले पनि निर्धारण गर्दछ ।

फिजियोथेरापीले घुँडाको चिप्लोपदार्थ पुन: बढ्छ ?
चिप्लोपदार्थ जो गइसक्यो त्यो फर्केर आउँदेन । हामीले विरामीलाई भन्दछौँ । चिप्लो पन बढाउने पनि फिजियोथेरापीले होइन तर चिप्लोपन रोक्ने काम अर्थात बहेर जान नदिनका लागि फिजियोथोरापीले काम गर्दछ । यथावतमा राख्ने र वरिपरिको मांसपेशीलाई बलियो बनाउने र तपाईँको दैनिक जीवनलाई सजिलो र सहज बनाउने काम फिजियोले गर्दछ ।

हामीले लक्षण अनुसार उपचार गर्ने हो । कतिपय बिरामीहरु घुँडा खिइएर वा चिप्लोपन सकिएर हिड्न सक्दैनन् । त्यसलाई सहज बनाउने र हिडाउने काम फिजियोथेरापीले गर्दछ । समस्या भोली गएर नबल्झियोस, भन्नका लागि पनि फिजियोथेरापी गर्नुपर्छ ।

स्पार्क हेल्थ होममा म म विगत १५ वर्ष देखि फिजियोथेरापीको एचओडीको रुपमा कार्यरत छु । हजारौ बिरामी हेरी सकेका छौँ । अहिले पनि हेरिरहेको छु । हामीकहाँ आउने मध्ये २० देखि ३० प्रतिशत बिरामी हड्डी खिइएर, चिप्लोपना कम भएर आउने हरु हुनुहुन्छ । पहिले पहिले ५० वर्ष पछाडीका बिरामीहरु हुनुहुन्थ्यो । अहिले ३० वर्ष नकटेका बिरामीहरु पनि आउनु हुन्छ ।

स्पार्कमा आउने बिरामीहरुलाई कसरी सेवा दिईरहनु भएको छ ?

स्पार्क हेल्थ होममा पहिलो विशेषता भनेको आउने बिरामीलाई निश्चित काउन्सिलिङ हुन्छ । व्यक्तिको समस्यालाई सहजीकरण गरिदिने काम हुन्छ । स्वास्थ्य समस्याले बढाएको स्ट्रेस र एन्जाइटीलाई नर्मल अवस्थामा ल्याउने कोशिष गर्दछौँ ।

संगसंगै हामीले उहाँहरुको पेन र लक्षणलाई कसरी सुधार गर्दै लैजाने भन्ने विषयमा पनि आवश्यक गाइड गर्दछौँ । हामीकहाँ यस्ता पेन म्यानेज गर्ने विभिन्न मोडालिटीहरु छन् । आवश्यकता अनुसार ती मोडालिटीको प्रयोग गरी बिरामीको समस्या समाधान गर्ने गरेका छौँ ।

ह्याण्ड थेरापी, मसाज थेरापी, म्यानुअल थेरापी, अकुपन्चर थेरापी, सबै विधाहरु हामीसंग छन् । फुल प्याकेजमा हामीले एउटा घुँडा लाई कसरी राम्रो पार्ने भन्ने सिकाउँछौँ । सुरुमा हामीले आफ्नै अब्जरभेसनमा राखेर काम गर्दछौँ । त्यसपछि हामीले होम प्लान गरेर काम गर्दछौँ ।

म अन्त्यमा, के पनि भन्न चाहन्छु भने घुँडा दुख्ने समस्या छ भने तपाईँ खटाएर नबस्नुहोस् । तपाईँको नजिकको फिजियोथेरापिष्टकहाँ जानुहोस् । छैन् वा सम्भव भएन भने हामी छदैछौँ, स्पार्क छदैछ । यहाँ आएर उचित परामर्श सल्लाह र आवश्यक परे सहज रुपमा उपचार गर्न सक्नुहुन्छ ।

#फिजियोथेरापिष्ट महतो स्पार्क हेल्थ होम कालीमाटीमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *