त्रिबि आईओएमले मनायो ५१ औँ बार्षिकोत्सब
काठमाडौँ, २ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ५२औँ वर्षमा प्रवेश गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आइओएमको ५१औँ बार्षिकोत्सब मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बनेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले बार्षिकोत्सवको अवसरमा शुभकामना दिदै आइओएम त्रिविका अन्य विभाग भन्दा धेरै अगाडी रहेको बताए ।
उनले उनले त्रिभुवन विश्वविद्यालयको स्थान विश्वबरियतामा ८०० देखि १००० बीचमा रहने गरेको भए पनि आइओएमलाई छुट्टै हेर्दा यसको बरियता ३०० देखि ४०० मा रहेको बताए । उनले सरकारको शिक्षाको बजेट कक्षा १२ भन्दा तल बढी हुने गरेको भन्दै विश्वविद्यालयमा आवश्यकता भन्दा निकै थोरै बजेट भएकोले जनशक्ति व्यवस्थापनमा समेत कठिनाई भएको सुनाए ।
एक प्रशंगमा उनले विश्वविध्यालय स्वायत्त भनिए पनि सरकारको ऐन नियम भन्दा फरक निर्णय गर्न नसकिने बताए। उनले नयाँ नयाँ इनोभेटिभ काम आवश्यकता भएको तथा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा आज शिक्षक र कर्मचारीको तलव भत्ता र पेन्सनको व्यवस्था गर्नमा नै समय खर्चनु परेको भन्दै उनले दुःख ब्यक्त गरे।
प्राडा बास्कोटाले आइओएम अन्तरगर्तका त्रिवि शिक्षण अस्पताल देशकै नमूना र ठूलो अस्पताल भए पनि अहिले गुनासाहरु पनि बढ्न थालेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए । ‘शिक्षण अस्पतालमा डाक्टर भेटिदैन्, त्यहाँका भनिएका डाक्टर निजीमा भेटिन्छन्, खासमा शिक्षण अस्पतालको ओपिडी समय कति बजेसम्म हुन्छ ? भनेर सोध्ने गरेका छन् । विशिष्ट पहिचान बनाएको अस्पतालमा काम गर्ने चिकित्सकको विषयमा गुनासा आउनु राम्रो पनि होइन, ध्यान दिनुहोला,’ उनले भने ।
कार्यक्रमको अध्यक्षता गरेकी आइओएमकी डिन दिव्या सिंह शाहले २२ जना विद्यर्थीबाट ५२ वर्ष अगाडी शुरु भएको यस संस्थानको वर्तमान अवस्था तथा भावी योजना प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा आइओएमका पूर्व डिन डा राकेश श्रीवास्तवले आइओएम अहिले ठूलो र आफै एउटा विश्वविद्यालय स्तरको भइसकेको बताउदै त्रिविले अटोनोमस हुन दिनेपर्ने बताए। त्रिविको ऐन तथा उल्झनले यहाँ प्रगति रोकेकोमा उनले दुख व्यक्त गरे।
त्रिवि शिक्षण अस्पतालका निर्देक्ष प्राडा दिनेश काफ्लेले आइओएमका उत्पादन अहिले मुलुक र मुलुक बाहिर नेतृत्व गरिरहेको सुनाउदै, विभिन्न विभागहरुले आ-आफ्नो ठाँउबाट गरेको कामको परिणामले यस संस्थाको गरिमा उच्च राखेको बताए। उपचारका सवालमा रात दिन नभनी डाक्टर तथा स्वास्थ्यकर्मीले डेडिकेट भएर काम गरिरहेको बताए।
उनले भने ‘पहिले हामीले अध्ययन गर्दा कन्सल्टेन्टहरु साँझको राउण्ड गरेर मात्र घर जाने गरेको स्मरण ताजै छ, भन्दै अहिले संस्थानका डाक्टरहरु दिउसै क्लिनिकमा पुग्ने गरेको प्राडा काफ्लेले गुनासो गरे।
कार्यकममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख डा अर्जुन लामिछानेले सिमित स्रोत र साधनबाट जुन कार्य गर्न सकिएको त्यसमा सबै प्राध्यापकर कर्मचारी, विद्यार्थी सबैको सहयोग आवश्यक पर्ने बताए।
कार्यक्रममा आइओएमका सहायक डिनहरु डा प्रदिप वैद्य, डा अभिमन्यू झा तथा प्राध्यापक तक्मा केसी‚ त्यसैगरी पूर्वपदाधिकारी तथा विशिष्ठ व्यक्तिहरुको उपस्थित रहेको थियो। कार्यकक्रमको संयोजन आइओएमका सहायक डिन डा अभिमन्यू झाले गरेका थिए।
सम्पर्क इमेल : [email protected]