गर्मी बढ्दा स्विमिङ पुलमा भिड

काठमाडौँ, २८ जेठ । पछिल्लो केही दिन यता देशभर गर्मी बढेको छ । तराई मधेशमा मात्रै होइन, पहाड र काठमाडौँ उपत्यकामा पनि तापक्रमले बढेर ‘रेकर्ड ब्रेक’ गरेको छ ।
गर्मी बढेसंगै शहरी क्षेत्रका पौडी पोखरीहरुमा भिड देखिन थालेको छ । शनिबार पनि काठमाडौँ उपत्यकाका प्राय सबै पौडी पोखरीमा थेगि नसक्नु भिड थियो ।
टोखामा रहेको मेरिगोल्ड स्विमिङ पुलमा पौडी खेल्न आएकी शारदा क्षेत्रीले गर्मी बढेकोले राहतका लागि स्वीमिङको साहरा लिएको बताईन् । उनले आफू र परिवारका अरु सदस्य समेत दिनभर पौडी खेलेर आनन्द लिएको बताईन् ।
बानियाटारबाट आएका विकास लामा पनि गर्मीबाट आनन्द लिनका लागि स्विमिङ पुलमा आएको बताए । उनले आफ्ना स साना छोरा छोरी र श्रीमती सहित आएको समेत जानकारी दिए । तर उनले स्विमिङ पुलमा देखिएको अत्यधिक भिडले गर्दा राम्ररी आनन्द लिन नपाएको सुनाए । ‘मैले धेरै वटा स्विमिङ पुल पुगेँ, जहाँ पनि यस्तै छ । बढ्दो गर्मी त्यसमाथि आज सार्वजनिक विदा, सबै जना स्विमिङका लागि आउनु भएको छ,’ उनले भने ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले भने अबको केही दिनमा गर्मी कम हुने बताएको छ । तराईका दिउसो क्षेत्रमा तातो हावा चल्ने भन्दै घर भित्रै बस्न सचेत गराएको छ ।



सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

