सिंहदरबार भित्र थुप्रिएको फोहर उठाउन काठमाडौँ महानगरलाई सर्बोच्चको आदेश

काठमाडौँ, ८ बैशाख । सर्बोच्च अदालतले सिंहदरबारको फोहर तीन दिन भित्र उठाई विसर्जन गर्न काठमाडौँ महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । सर्बोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले महानगरको नाममा फोहर उठाउन आदेश जारी गरेको हो ।

यसअघि सिंहदरबार भित्र थुप्रिएको फोहर उठाउन आदेश माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।

शुक्रबार दिइएको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

संविधानका अनुसूचीमा भएका प्रावधान र प्रचलित कानून अनुसार सरसफाई, फोहोर व्यवस्थापनको काम स्थानीय तहको जिम्मेवारीमा रहेको भन्दै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरपालिकाको हुने भन्दै ध्यानाकर्षण गराएको हो ।

आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्‍याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’

यस्तो छ आदेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *