यी हुन् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलनमा अवार्ड जित्नेहरु

काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न भएको छ । समापनका अवसरमा अनुसन्धान तथा सोध कार्यमा उत्कृष्ठ काम गर्ने युवा बैज्ञानिक तथा त्यसलाई सघाउने कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।
समापन समारोहका लागि प्रमुख अतिथिका रुपमा निम्त्याइएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परिषद्का अध्यक्ष प्राडा गेहनाथ बराल र कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले उनीहरुलाई अवार्ड प्रदान गरेका थिए ।
परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार यसपटक बेस्ट ओरल प्रिजेन्टेशन अवार्ड विनय खत्रीलाई प्रदान गरिएको छ । यस्तै वेस्ट पोस्टर प्रिजेन्टेशन अवार्ड सीता कोइरालाले पाएकी छन् ।
यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ् हेल्थ रिसर्च अवार्ड (परिषदको कर्मचारीमध्येबाट) नमिता घिमिरेले प्राप्त गरेकी छन् ।
यसैगरी मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ् हेल्थ रिसर्च अवार्ड (डाक्टर तर्फ) डा रविनमान कर्माचार्यले प्राप्त गरेका छन् ।
हेल्थ रिसर्च अवार्ड शिवराज मिश्रले प्राप्त गरेका छन् ।
वेष्ट रिसर्च पेपर अवार्ड डा दिपांकर प्रजापतिले प्राप्त गरेका छन् ।
परिषद्का उत्कृष्ठ काम गर्ने कर्मचारी आर्थिक प्रशासन शाखाका मिनबहादुर केसीलाई प्रदान गरिएको छ ।
यस्तै एनएचआरसी बेष्ट सेक्सन अवार्ड क्षमता अभिवृद्धि शाखाले प्राप्त गरेको छ ।
परिषद्ले यसपटक हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड भने प्रदान गरेन ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

