पसिना के हो ? कसरी आउँछ ?

  • अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका ग्रन्थीले काम गरेका हुन्छन् ।
  • महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाको भन्दा चार गुणा बढी पसिना निष्कासन गर्छन् ।
  • एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्कासन गर्छन् ।
  • कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन । बढ्दो व्यायामले शरीरलाई चिसो बनाउँछ ।
  • पसिनाबाट आउने पानी उडेर शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ ।
  • पसिनालाई वंशाणुगत तत्त्व हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्सले पनि प्रभाव पार्छ । यिनै तत्त्वहरूका कारण विभिन्न मानिसले विभिन्न तरिकाले पसिना निष्कासन गर्छन् ।
  • कुनै–कुनै व्यक्तिमा पसिना आउने ग्रन्थी हाइपरहिड्रोसिस अत्यधिक सक्रिय हुँदा धेरै पसिना आउने गर्छ । यस्ता मानिसमा विनाकुनै कारण (श्रम) पसिना आउँछ ।
  • हाइपरहिड्रोसिस हत्केला, पैताला, काखी र अनुहारमा सक्रिय हुने हुँदा यी स्थानमा बढी पसिना आउँछ । यो कुरा पनि ख्याल गर्नुपर्छ कि हाइपरहिड्रोसिसले क्यान्सर र पार्किन्सनलगायत अन्य रोगको संकेत पनि गरेको हुन्छ ।
  • हाम्रो शरीरमा दुई प्रकारका पसिना ग्रन्थी हुन्छन् । एक प्रकारको पसिनालाई इस्राइन पसिना ग्रन्थी भनिन्छ भने अर्को एप्रोक्राइन पसिना ग्रन्थी भनिन्छ । इस्राइन पसिना ग्रन्थीले पानीजस्तो पसिना निष्कासन गर्छ । यो पानी र नुनबाट बनेको हुन्छ । तर, एप्रोक्राइन ग्रन्थीबाट विशेष गरी रौँ आउने स्थानबाट पसिना आउँछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *