रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित

116
Shares

काठमाडौँ, ३ चैत । देशले नयाँ उपराष्ट्रपति पाएको छ । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा उपराष्ट्रतिका उम्मेद्धार जनता समाजवादी पार्टी (जसपा) सांसद यादवले कुल ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन थियो । उनले ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदको मत पाएका थिए ।

उपराष्ट्रपतिको अर्की उम्मेद्धार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । उनी नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेकी थिईन ।

यस्तै जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई पनि एक जना प्रदेशसभा सदस्यले मत दिएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *