हरेक वर्ष जन्मने ८० लाख बढी शिशुमा जन्मजात समस्या

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक वर्ष जन्मिएका मध्ये करीव ८० लाख नवजात शिशुमा जन्मजात समस्या (बर्थ डिफेक्ट) देखिन्छ ।

गम्भीर जन्मजात समस्यामा रहेका हरेक १० मध्ये ९ जना न्युन तथा मध्यम आय भएका देशहरुमा छन् ।

गर्भदेखि आउने जन्मजात स्वास्थ्य समस्याहरुमा सबैभन्दा बढी देखिने मुटुजन्य समस्या हो । यस्तै न्युरल ट्युव डिफेक्ट, र डाउन सिन्ड्रोम पनि प्राय देखिने जन्मजात समस्या हुन् । यसबाहेक अरु धेरै यस्ता समस्याहरु छन् जो वंशाणुगत कारण, संक्रमण, पोषण र वातावरणीय कारणले देखिएका हुनसक्छन् ।

दक्षिण पूर्वी एशियाली क्षेत्रमा जन्मजात समस्या बाल मृत्युको तेस्रो प्रमुख कारण बन्न पुगेको छ भने नवजात शिशु मृत्युको चौथो प्रमुख कारण बन्न पुगेको छ । डब्लुएचओका अनुसार यस क्षेत्रमा कुल नवजात शिशु मृत्युमध्ये करीव १२ प्रतिशत जन्मजात समस्या लिएर आएका नवजात शिशुहरुको हुने गर्दछ ।

सन् २०१० र सन् २०१९ को बीचको अनुपातलाई हेर्ने हो भने क्षेत्रमा देशहरुमा जन्मजातको समस्या बढेको पाइएको छ । सन् २०१० मा ६.२ दर थियो भने सन् २०१९ मा बढेर बढेर ९.२ प्रतिशतमा पुगेको छ । अझ् ४ वटा देशमा त पाँच वर्ष मुनिका शिशुमृत्युको २० प्रतिशत हिस्सा जन्मजात समस्यालाई नै दिईने गरिएको छ ।

सन् २०१९ मा मात्रै यस क्षेत्रमा जन्मजात समस्या भएका १ लाख १७ हजार नवजात शिशुको मृत्यु भएको थियो ।

डव्लुएचओका अनुसार दक्षिणपूर्वी एशियाली देशहरुमध्ये बंगलादेश, भुटान, भारत, मालदिभ्स, म्यानमार र नेपालले जन्मजात समस्यामा परेका बालबालिकाको अनलाइन विवरण नियमित रुपमा तथ्यांकमा राख्दै आएका छन् । यी देशहरुमा बार्षिक ४७ लाख शिशुहरु जन्मन्छन् जसमध्ये ५१ हजार बर्थ डिफेक्ट भएका जन्मिन्छन् ।

सबै देशहरुले केटीहरुका लागि नियमित रुपमा रुवेला खोप सुरु गरेका छ् । जसको कभरेज दर ८३ प्रतिशत पुगेको छ । अहिले माल्दिभ्स र श्रीलंकामा रुवेला निर्मुल भएको छ भने बंगलादेश, भुटान, नेपाल र टिमोर लिष्टेले जन्मजात रुवेला सिन्ड्रोम नियन्त्रण गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *