स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

केन्द्रीय कार्यसमिति र प्रदेश संयोजकमा को को ?

काठमाडौँ, २१ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनबाट ढुंगेल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुंगेल यसअघि मञ्चको उपाध्यक्ष थिए । उनी गोरखापत्र दैनिकमा आवद्ध छन् ।

यस्तै मञ्चको बरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । उनी हेल्थ आवाज अनलाइनमा कार्यरत छन् ।

मञ्चको दुईवटा उपाध्यक्ष पदमा अर्जुन अधिकारी र महेश तिमल्सिना निर्वाचित भएका छन् । उनीहरु क्रमश स्वास्थ्य लाइभ र लोकपथमा आवद्ध छन् ।

यसैगरी महासचिव पदमा सञ्जिता खनाल निर्वाचित भएकी छन् । सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे निर्वाचित भएका छन् । उनीहरु क्रमश मेरोन्युज, स्वास्थ्य खवर पत्रिका र हेल्थ पाटी डटकममा आवद्ध छन् ।

मञ्चको आठ जना सदस्यहरुमा प्रकाश बस्याल, समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, मनिषा थापा, सिर्जना कार्की रहेका छन् ।

अधिवेशनले प्रदेश संयोजक समेत तोकेको छ । जस अनुसार प्रदेश १ जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने पछि कार्यसमितिले तोक्ने बताइएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुईवर्षको हुनेछ ।

यसैबीच नव निर्वाचित कार्यसमितिलाई मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले बधाई दिदै संस्थालाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा स्वास्थ्य मन्त्री पदम गिरी, स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *