पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना

152
Shares

काठमाडौँ, २० माघ । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका ७५ वर्षीय कट्‌वालको स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आइसीयूमा रहेको बताए । प्रवक्ता भण्डारीका अनुसार उनले हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका थिए । पल्मनेरि ह्यामरेज भएपछि उनलाई चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो।

उनको स्वास्थ्य अवस्था स्थीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *