‘बुस्टर डोज’ ल्याउने योजना बनाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौँ, १९ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताउदै बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । ।

‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने ।

उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि निर्देशन दिए । खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला, उनले भने ।

मन्त्री गिरीले विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न  निर्देशन समेत दिएका छन् । ‘विभाग जति प्रभावकारी हुन्छ । त्यतीनै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्, उनले भने, त्यसैले तपाईहरु अझै प्रभावकारी भएर लाग्नुस् । राम्रो काम गर्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु । तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।
उनले थपे, जुन-जुन शाखाको जिम्मेवारी लिएको छ । त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ । अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ । त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस् ।’

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए ।

‘उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ रु कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनुहुँदैन । यसतर्फ सजग रहनुस्,’ उनले भने ।

उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए । घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिनेगरी परिवर्तन आउनुपर्छ उनले भने,बिरामी टिचिंग लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्‍ने अवस्था रहनु हुँदैन ।

उनले प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘यो क्षेत्रलाई सुधार्ने अठोटका साथ आएको छु । आम जनतालाई मेरो देशले मेरो स्वास्थ्यको जिम्मेवारी लिन्छ भन्‍ने ग्यारेन्टी गराउनुपर्छ,’ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *