उपसचिव लिलाराज पौडेलको स्वास्थ्यमा सरुवा

1.1k
Shares

काठमाडौँ, १४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको उपसचिव पदमा लिलाराज पौडेल आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पौडेललाई युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा गरी स्वास्थ्यमा पठाएको हो । सामान्यले यसअघि स्वास्थ्यको नीति योजना शाखामा रहेका उपसचिव प्रकाश अधिकारीलाई सरुवा गरी श्रम मन्त्रालयमा पठाइसकेको छ ।

सामान्यले सरुवा गरे पनि शाखा र जिम्मेवारी स्वास्थ्यले नै तोक्नुपर्छ । अधिकारीको सरुवा र पौडेलको आगामनले उनको शाखा नीति योजना हुने अनुमान गरिएको छ ।

पौडेलले यसअघि नै सो शाखामा लामो समय विताएका थिए । स्वास्थ्य मन्त्री पदम गिरीसंग निकट रहेका पौडेलले उनको टिममा रहेर काम गर्ने बताइएको छ ।

पौडेलले भने शुक्रबार आफुले स्वास्थ्यमा सरुवा भएको पत्र पाएको तर शाखा तोकिन भने बाँकी रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *