घण्टाघर चुनाव चिन्ह लिएर उठे शतक रक्तदाता प्रेमसागर

काठमाडौँ, १ कात्तिक । सबैभन्दा बढी पटक रक्तदान गरी छुट्टै ख्याती कमाएका शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेद्धारी दिएका छन् । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनावचिन्ह दिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका उनी यसअघि पनि स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेद्धार बनेका थिए ।
५८ वर्षका कर्माचार्यले अहिलेसम्म १७१ पटक रक्तदान गरेका छन् । रक्त व्यवस्थापनमा सक्रियताका साथ लागिरहने कर्माचार्यले देशको व्यवस्थापन गर्न उम्मेद्धारी दिनु परेको बताए ।
उनले आफ्नो उम्मेद्धारी किन र जितेपछि के के गर्ने भन्ने विषयमा समाधान पत्र समेत सार्वजनिक गरेका छन् ।
सो समाधान पत्रमा रगत तथा रक्तततव निशुल्क गर्ने, बाल तथा जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था मिलाउने, राजमार्ग क्षेत्रमा टमा सेन्टर स्थापना गर्ने, स्वास्थ्य बीमा मार्फत निशुल्क उपचारको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई स्थायी भत्ताको व्यवस्था मिलाउने लगायतका विषयहरु प्राथमिकतामा राखेका छन् ।
‘अहिलेसम्म धेरै राजनीतिक दलहरुलाई हेरयौँ तर काठमाडौँको राजधानीको पनि केन्द्र भागमै समेत जनताको अवस्था दयनिय छ । प्रजातन्त्र, लोकतन्त्र हुँदै देशमा गणतन्त्र आईसक्दा पनि जीवनस्तरमा खासै परिवर्तन गर्न नसकेका दलहरुको विकल्पको रुपमा उम्मेद्धारी दिनु पर्ने भयो,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]