यूरिक एसिड र उच्च रक्तचापको सम्बन्ध
यूरिक एसिडका बिरामीले मुख बार्नु पर्ने खानाहरु
अत्यधिक रक्त यूरिक एसिडले मुटुलाई सोझै असर पार्ने देखिदैन । उच्च रक्तचापद्धारा पीडित व्यक्तिहरुमध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउँछ ।
यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ ।
जसबाट अन्ततोगत्वा मुटुमा नकारात्मक असर पर्दछ । यसकारण रगतमा यूरिक एसिड बढेको पाइएमा उपचार गराउनु राम्रो हुन्छ । रगतमा यूरिक एसिड बढी भएमा रोगीहरुले खानामा विशेष ध्यान दिनुपर्छ ।

मुख बार्नु पर्ने खानाहरु 
 १. रातो मासु, (खसी, राँगो) भित्रि मासु, (कलेजो, मुटु, मिर्गौला, गिदी, फोक्सो आदि)
 २.समुन्द्री माछाहरु प्राउन लोबस्टर
 ३. ड्राईफुट्स, काजु, ओखर, पेस्ता आदि ।
 ४. सबै प्रकारका दाल र गेडागुडीहरु
 ५. अण्डा
 ६. रक्सीहरु
 ७. गोलभेडा, काउली, फालुङ्गो साग ।
प्रसस्त मात्रामा खाए हुने खानाहरु 
 १. रोटी, गहुँ, आँटा, चामल आदि ।
 २. मौसमी तरकारी तथा सागपातहरु (सिमी बोडी आदि बाहेक)
 ३.सबै प्रकारका मौसमी ताजा फलफुलहरु ।

सम्पर्क इमेल : [email protected]




