नेपालमा डेंगु संक्रमितको संख्या २४ हजार ४९२ पुग्यो

काठमाडौँ, ९ असोज । नेपालमा २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १९ हजार जनामा डेंगु संक्रमण देखिएको छ ।
यस्तै, लुम्बिनीमा २ हजा ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५३७, मधेश प्रदेशमा ३ सय २३, कर्णालमा २ सय ३० जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २९ जनाले ज्यान गुमाएका छन् ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



