डेंगु संक्रमणबाट जोगिन निम्न उपाय अपनाउँ

काठमाडौँ, २३ भदौ ।  काठमाडौँ लगायत देशका धेरै भागमा डेंगुको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम र नियन्त्रणका लागि अब सबै पक्ष लाग्नु जरुरी छ । किनभने फैलिरहेको प्रकोप रोक्न स्वास्थ्यकर्मीले मात्रै गरेको प्रयास प्रयाप्त नहुन सक्छ ।

त्यसकारण सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्थानीय संघ संगठन लगायतका व्यक्तित्वहरुको सामाजिक परिचालन गर्न आवश्यक देखिन्छ ।

डेंगुका लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :

 असाध्यै टाउको दुख्ने ।
 आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
 ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
 शरीरमाविमिरा आउने ।
 वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।

रोकथामका उपायहरू :

  • पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
  •  पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
  • फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
  • दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
  • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *