कर्णालीमा चिकित्सक कुटिएको घटनाको विरोधमा उत्रिए वीरका चिकित्सक

688
Shares

काठमाडौँ, ८ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर करण साह माथि भएको कुटपिट घटनाप्रति वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरोध जनाएका छन् ।

वीरका चिकित्सकले बुधबार विहान अस्पतालको इमरजेन्सी वार्ड अगाडी प्लेकार्ड सहित उभिएर विरोध जनाएका हुन् । उनीहरुले प्लेकार्डमा डा करण साहलाई न्याय दिनु माग उल्लेख गरेका थिए ।

गत साता डा साहमाथि प्रतिष्ठानमै कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । अहिले शाही प्रहरी हिरासतमा छन् भने प्रतिष्ठानले ४५ दिनसम्मका लागि निलम्बन गरेको जनाएको छ ।

यता कुटपिटको शिकार भएका डा साहलाई भने नेपाल चिकित्सक संघको टोलीले उपचारका लागि भन्दै काठमाडौँ ल्याएको छ । उनको आजै वीर अस्पतालमा स्वास्थ्य जाँच भएको छ ।

‘एमआरआई सिटी लगायतका जाँचहरु भएको छ । रिपोर्ट आइसकेको छैन् । त्यसपछि आवश्यक भए अरु उपचार हुन्छ’ वीरका प्रमुख डा भुपेन्द्रकुमार बस्नेतले भने ।

देशमा अहिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको ऐन जारी भएको अवस्था छ । त्यसमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिमाथि विना धरौटी हिरासतमा लिन मिल्ने व्यवस्था समेत समावेश छ । चिकित्सकहरुले ऐन जारी भएपछिको पहिलो घटना भन्दै यसको पूर्ण कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *