पोखरामा मिर्गौला प्रत्यारोपण गराएका दुई जना पाँचौँ दिनमा डिस्चार्ज

196
Shares

पोखरा, २ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत शनिबार मिर्गौला प्रत्यारोपण गराएका दुई जना प्रत्यारोपित व्यक्ति आज डिस्चार्ज भएका छन् । प्रत्यारोपण गरेको मिर्गौलाले राम्ररी काम गर्न थालेर स्वास्थ्यमा सुधार आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सकको टोलीले गत शनिबार एकै दिन दुई जना बिरामीमा मिर्गौला प्रत्यारोपण गरेको थियो । त्यस दिन रुपाकोट गाउँपालिका कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ बर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनीहरु दुबैलाई आ आफ्ना श्रीमतीले मिर्गौला दान गरेका थिए ।

प्रत्यारोपणका लागि प्राविधिक टोलीको नेतृत्व गर्दै त्यसबेला पोखरा आएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण गरेको मिर्गौलाले सही रुपमा काम गरी बिरामी डिस्चार्ज हुनु खुशीको कुरा भएको बताए ।

उनले प्रतिष्ठानले दिएको सेवा उत्कृष्ठ रहेको बताए ।

‘अहिले त हाम्रो प्रत्यक्ष सहयोगमा प्रत्यारोपण भईरहेको छ । संगसंगै हामीले त्यहाँको टोली सक्षम बनोस भनेर चिकित्सक नर्स तथा अन्य प्राविधिकहरुलाई तालिम पनि दिइरहेका छौँ,’ डा श्रेष्ठले भने ।

प्रतिष्ठानले यसअघि ९ असारमा पहिलो प्रत्यारोपण गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *