पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी आईओएममा नयाँ कार्यसमिति, अध्यक्षमा अधिकारी र महासचिवमा पंगेनी निर्वाचित

440
Shares

काठमाडौँ, ६ साउन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा जनस्वास्थ्य विषयमा अध्ययन् गर्ने विद्यार्थीहरुको साझा संस्था ‘नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी -आईओएम’ मा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शुक्रबार सम्पन्न सोसाइटीको ३३ औँ कार्यसमिति निर्वाचनबाट अध्यक्ष पदमा प्रकाश अधिकारी निर्वाचित भएका छन् । यस्तै महासचिव पदमा पारस पंगेनी निर्वाचित भएका हुन् । उनीहरु क्रमश बीपीएच चौथो बर्ष र तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

सोसाइटीको ११ सदस्यीय कार्यसमितिमा अध्यक्ष उपाध्यक्ष, महासचिव सचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र ६ जना सदस्य पद रहेको छ । पदाधिकारीहरु निर्वाचनबाट चुनिने छन् तर सदस्यहरु भने स्नातक र स्नातकोत्तर तहबाट प्रत्येक वर्षका दरले एक एक जना विद्यार्थी छनौट हुनेछन् । चार वर्षे स्नातक तहबाट हरेक बर्षका दरले चार जना र दुई वर्षे स्नातकोत्तर तहबाट एक एक जनाका दरले दुई जना सदस्य पछि नियुक्त हुनेछन् ।

निर्वाचन अधिकृत कमल रानाभाटका अनुसार शुक्रबारको पदाधिकारी निर्वाचनमा अध्यक्ष र महासचिव पदमा निर्वाचन भएपनि अरु तीन पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । रानाभाटले उपाध्यक्ष पदमा बीपीएच तेस्रो बर्षकी खुश्वु यादव, सचिव पदमा बीपीएच पहिलो वर्षका आशिष राना र कोषाध्यक्षमा बीपीएच तेस्रो बर्षकी सदीक्षा ढुंगेल निर्बिरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा सेन्टर डिपार्टमेन्ट अफ पव्लिक हेल्थमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहका विदार्थीहरुले भोट हाल्न पाउने व्यवस्था छ ।

निर्वाचित भएपछि अध्यक्ष अधिकारीले विद्यार्थीको हक हित र क्षमता अभिबृद्धिमा आफूहरु क्रियाशील रहने बताए ।

नव निर्वाचित कार्यसमितिको पदावधी एक वर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *