अश्लिल टिप्पणी गरेको भन्दै काउन्सिलले सोध्यो एक डाक्टरलाई स्पष्टीकरण

1.2k
Shares

काठमाडौँ, ५ साउन ।  सामाजिक सञ्जालमा दोहोरो अर्थलाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले एक जना चिकित्सकलाई स्पष्टी करण सोधेको छ ।

काउन्सिलले गत २० असारमा प्रकाशित सूचनामा आफ्नो सूचनामा अपशव्द र अश्लिल शव्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै डा अच्युतप्रसाद भट्टलाई स्पष्टीकरण सोधेको हो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीद्धारा हस्ताक्षरित पत्र गत २ साउनमा लेखिएको हो । सो पत्रमा ‘२० असारमा प्रकाशित सूचनाप्रति दोहोरो अर्थ लाग्ने अपशव्द र अश्लिल शब्द प्रयोग गरी अमर्यादित काम गरेको पाइएकोले तपाईँलाई चिकित्सकको आचरण विपरित काम गरेवापत किन कारवाही नगर्ने ?’ भनिएको छ । सोही पत्रमा ‘यदि कारवाही नगर्ने कुनै कारण भए ७ दिन भित्र आफनो स्पष्टीकरण यस काउन्सिलमा पेश गर्नु हुन व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णय अनुसार अनुरोध छ,’ भनेर थपिएको छ ।

नेपाल मेडिकल काउन्सिल र भाररतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधीको आपसी मान्यताको विषयमा विभिन्न सञ्चारमाध्यमले उठाएको प्रश्नलाई जवाफ दिएको भन्दै काउन्सिलले २० असारमा बकत्व्य जारी गरेको थियो ।

सोही वक्तव्यलाई लिएर डा भट्टले दोहोरो अर्थ लाग्ने गरी अश्लिल शव्द सहित पत्र फेसबुक ग्रुपमा सेयर गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *