आजदेखि ५-११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडबिरुद्धको दोस्रो मात्रा खोप दिईंदै

काठमाडौँ, २ साउन । सरकारले आजबाट ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत ९ असार देखि कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आज देखि ८ साउनसम्म दोस्रो मात्रा खोप दिन लागेको हो ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान आग्रह गरेको छ । सरकारले खोप केन्द्र नजिकैको विद्यालयलाई तोकेको छ।

मन्त्रालयका अनुसार खोप लगाउने जिल्लाहरु प्रदेश नं १ को झापा, इलाम, मोरङ र सुनसरी रहेका छन् ।

मधेश प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिराहा र महोतरी रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व रहेका छन् ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *