के हो ‘फेटल अल्कोल सिन्ड्रोम’ ?

– डा. सरोज श्रेष्ठ

पछिलो समय हाम्रो समाजमा मदिरा सेवन गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ। मदिरा सेवनले स्वास्थ्यमा गम्भीर असर भएतापनि गरिबी, बेरोजगार, अशिक्षित, कमजोर नीति नियम, केही धार्मिक तथा सांस्कृतिक चलनका कारण मदिरा सेवन नेपालमा खुल्ला जस्तै छ।

गर्भावस्थामा आमाले मदिरा सेवन गर्दा बालबालिकामा देखा पर्न विभिन्न समस्यालाई फेटल अल्कोल सिन्ड्रोम भनिन्छ।

स्वयं आमालाई मात्र नभई मदिरा सेवनले गर्भमा रहेको भ्रूणको शारीरिक तथा मानसिक विकासमा असर गर्छ। गर्भावस्थामा आमाले मदिरा सेवन गर्नु भ्रूणको लागि विष नै हो।

फेटल अल्कोल सिन्ड्रोम भएका बालबालिकामा फरक शारीरिक संरचनामा छोटो नाक, पातलो ओठ, सानो परिधिको टाउको हुन्छ। यस्तै विभिन्न अंगहरु जस्तै आँखा,कान, मुटु, मृगौला, मस्तिष्कको समस्या देखिनुका साथै संज्ञानात्मक हानी, असामान्य व्यवहार, सिक्ने असक्षमता देखिन्छ।

लामो समयसम्म मदिरा सेवन गर्दा गर्भ पतन, ९ महिना अघि नै शिशु जन्मिनु, मृत शिशु जन्मिनु साथै आमाको स्वास्थ्यमा अच्च रक्तचाप , मधुमेह, अच्च कोलेस्ट्रोल तथा मानसिक समस्या देखिन्छ।

गर्भावस्थामा आमाले प्रयोग गर्न औषधि आमाको प्लेसेन्टाबाट पास भइ भ्रूणको रगतमा पुगि उसको अंग विकासमा असर गर्छ।

आमाले कुनै औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नु पर्छ। त्यसकारण मदिरा सेवन नगरौं र स्वस्थ शिशु जन्माऔँ।

 

#डा. श्रेष्ठ जिल्ला अस्पताल नुवाकोटमा मेडिकल अधिकृतका रुपमा कार्यरत छन् ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *