भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु

204
Shares

चितवन, ३ असार । भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए। केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ। विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा ९जिओपिडी०बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए ।

यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ। उनले भने, “जिओपिडी र ओपिडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन् ।”

दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु ५०० को टिकट लिएर अपराह्न १ देखि ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने पौडेलले बताए। सुपरस्पेशलिष्ट क्लिनिक सञ्चालन गर्ने उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उनको भनाइ छ।

उनका अनुसार सुपरस्पेशलिष्टअन्तर्गत कलेजो रोग, मुत्रासयसम्बन्धी, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, टाउको तथा नसासम्बन्धी, हाडजोर्नीसम्बन्धी, घुँडा तथा जोर्नीसम्बन्धी, जोर्नी प्रत्यारोपणसम्बन्धी, नवजात शिशुसम्बन्धी, गिजासम्बन्धी र अनुहारको हाडजोर्नीसम्बन्धी सेवा रहेका छन् ।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरङ्ग सेवा ९जिओपिडी० सेवा सुरु गरेको छ। अस्पतालमा दन्त सेवाको बहिरङ्ग सेवा पनि बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ ।

प्रा डा पौडेलका अनुसार अन्य नियमित बहिरङ्ग सेवा, शल्यक्रिया, क्लिनिकल सेवा बिहान ९ः३० देखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछन्। बहिरङ्ग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ। सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ः३० देखि १२ बजेसम्म हुनेछ भने जिओपिडी तथा पेइङ ओपिडीको टिकट पुनः दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ ।

हरेक शुक्रबार भने ओपिडीको जाँच १ः३० बजेसम्म र जिओपिडी तथा पेइङ ओपिडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ ।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *