लुम्बिनी प्रदेश बजेट

लुम्बिनी र राप्ती अस्पतालको ओपीडी टिकट निःशुल्क

84
Shares

बुटवल, २ असार। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा निःशुल्क गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेट बुधबार वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खडकाले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी टिकटमा शुल्क नलिने घोषणा गरेका हुन् ।

बजेट वक्तव्यका क्रममा मन्त्री खड्काले ओपीडी टिकटमा शुल्क नलिने निर्णय कार्यान्वयनका लागि वजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी गराए । बजेट वक्तव्यमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तारेन्नति गरिने उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *