भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दाबी

132
Shares

काठमाडौैँ, १८ जेठ । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ ।

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “भारतमा अहिलेसम्म मङ्कीपक्सबाट सङ्क्रमित कोही भेटिएका छैनन् ।”
एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *