कोभिडविरुद्धको खोपको पूर्ण मात्रा ८५ प्रतिशत

140
Shares

काठमाडौँ, १ जेठ । सरकारले चैत मसान्तसम्म सत प्रतिशत खोप लगाउने घोषणा गरेपनि त्यसले सफलता पाउन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ८४.६ प्रतिशत जनताले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार कुल लक्षित जनसंख्या १२ वर्ष माथि २ करोड ३३ लाख २७ हजार ६१९ जनामध्ये पूर्णमात्रा लगाउनेको संख्या १ करोड ९७ लाख ३८ हजार ५१७ ( ८४.६ प्रतिशत) रहेको छ । एक मात्रा डोज लगाउनेको संख्या १ करोड ८९ लाख ७१ हजार ९३० (९५.८ प्रतिशत) पुगेको छ ।

मन्त्रालयले ३७ लाख २१ हजार ५५२ जनाले अतिरिक्त मात्रा खोप लगाईसकिएको उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *