अस्पताल र स्वास्थ्य संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ, २७ वैशाख । सरकारले अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार अब अस्पताल र स्वास्थ्य संस्थामा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको छ।
मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ। कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



